+
Search

ताजा अपडेट +

पपुलर +

विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँग खेल्दै नेपाल, जित्नैपर्ने दबाब

पालिका लाइभ
२०८२ जेष्ठ १९, सोमबार १०:०९ गते

काठमाडौं- आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै छ ।

नेपालले स्कटल्यान्डसँग खेल्दै चौथो चरणको सिरिजको सुरुवात गर्न लागेको हो । पहिलो खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज आजदेखि सुरु हुन लागेको हो । सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपाललाई लिग–२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।

नेपालले यसअघि लिग–२ अन्तर्गत २०२४ को नोभेम्बरमा अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित सिरिज खेलेको थियो । नेपाल र स्कटल्यान्डबीच यसअघि भएका भिडन्तमा नेपाल बलियो देखिएको छ ।

यसअघि भएका आठ एक दिवसीय खेलमा नेपालले चार जित र स्कटल्यान्डले तीन जित निकालेको छ । एक खेल भने रद्द भएको थियो ।

सोमबारदेखि लिग–२ खेल्नुअघि नेपालले स्कटल्यान्डको ‘ए’ टिमसँग दुई वटा अभ्यास खेल खेल्ने मौका पाएको थियो ।

नेपाले यस सिरिजको पहिलो खेल सोमबार (आज) स्कटल्यान्ड, बुधबार नेदरल्यान्ड्स, आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

त्यसपछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।

नेपाली टोली

स्कटल्यान्ड भ्रमणका लागि घोषित नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, अनिल कुमार साह, भीम सार्की, आरिफ शेख, सन्दीप लामिछाने, बसिर अहमद, गुलशन कुमार झा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल रहेका छन् ।

स्कटल्यान्डको टोली

रिचर्ड बेरिङ्टन (कप्तान), चार्ली कासेल, म्याथ्यू क्रस, ब्राड करी, जास्पर डेभिडसन, क्रिस ग्रेभ्स, ज्याक जार्भिस, माइकल लिस्क, क्रिस्टोफर म्याकब्राइड, फिनली म्याकक्रिथ, ब्रान्डन म्याकमुलन, जर्ज मनसी, सफयान सरिफ, चार्ली टियर र मार्क वाट ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics