+
Search

ताजा अपडेट +

पपुलर +

काफ्ले र आलेको स्वरमा प्रकाश ढकालको ‘कान्छी नानि’ सार्वजनिक (भिडियो)

इमानजङ्ग बानियाँ
२०८२ जेष्ठ १८, आईतवार

काठमाडौं- नेपाली संगीत क्षेत्रमा सक्रिय सर्जक प्रकाश ढकालले आफ्नो नयाँ गीत ‘कान्छी नानि’ सार्वजनिक गरेका छन्।

गीतमा गायक रामचन्द्र काफ्ले र गायिका प्रीती आलेको सुमधुर स्वर सुन्न सकिन्छ।

भावनात्मक प्रेम कथामा आधारित यो गीतलाई ढकालले नै शब्द र संगीत दिएका हुन् भने राकेश सोनीले संगीत संयोजन (एरेन्ज) गरेका छन्। सरल तर गहिरो भावमा लेखिएको गीतको लय संयोजनले समकालीन संगीत पारखीलाई आकर्षण गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

गीतको भिडियो ढकालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोलाई मुकेश नेपालीले निर्देशन गरेका छन्, जसमा बद्री तिवारी, अञ्जु अधिकारी र प्रीती आलेको अभिनय देख्न सकिन्छ।

भिडियोले गीतको भावनालाई दृश्यात्मक रूपमा प्रभावशाली ढंगले उतार्ने प्रयास गरेको छ। विशेष गरी प्रेमभाव, सम्झना र आत्मीय सम्बन्धको चित्रणमा भिडियोले दर्शकको संवेदनालाई स्पर्श गर्न खोजेको छ।

भिडियोको छायांकन, सम्पादन र कलाकारहरूको अभिनय सन्तुलित देखिन्छ। ग्रामीण परिवेश, सरल जीवनशैली र आत्मीय सम्बन्धबीचको कथा यसमा देखाइएको छ।

गीतले छोटो समयमै दर्शक र श्रोताको ध्यान खिचिरहेको छ। सामाजिक सञ्जालमा यसले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीत र भिडियो दुबै पक्षमा संयम र सौन्दर्य झल्किन्छ, जसले गर्दा यो सिर्जना नेपाली संगीत बजारमा उल्लेखनीय स्थान बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

इमानजङ्ग बानियाँ