+
Search

ताजा अपडेट +

पपुलर +

राजावादी आन्दाेलनबारे प्रचण्ड- उहाँहरुसँग अलिअलि पैसा छ, भाडामा मान्छे ल्याएर चुरीफुरी देखाउँदैछन्

पालिका लाइभ
२०८२ जेष्ठ १७, शनिबार १५:०६ गते

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा सहभागीहरूलाई भाडामा ल्याइएको टिप्पणी गरेका छन् ।

आज एक कार्यक्रममा बोल्दै प्रचण्डले राजावादी र पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चुरीफुरी नगर्न नगर्न आग्रह गरेका हुन् । उनले सदनमा संविधान अनुसार शपथ खाएर  संविधानविरुद्ध नजान चेतावनी दिएका छन् ।

उनले भने,‘सदनमा यही संविधान अनुसार शपथ पनि खाने कानुन अनुसार सदनमा बसेर सबै सुविधाहरू लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबले पनि बिलकुल बेठीक हो । मैले धेरै अगाडिदेखि भन्दै आइरहेको छु राजावादी र ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगरे हुन्छ । नेपाल धेरै अघि बढिसकेको छ । भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्ने कुरा सामान्य हो । राजावादीहरूले चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ । राजावादीको पक्षमा एउटा पनि नजित्ने यत्रो उपनिर्वाचन नजित्ने राप्रपा संविधान नै खारेज गर्ने तुक कुनै अर्थ छैन । उहाँहरूसँग अलिकति पैसा छ । त्यही पैसाले मान्छे ल्याउने हो । ’

उनले वर्तमान राजनीतिक परिस्थिति र विरोधका कारणहरूलाई लिएर स्पष्ट मत व्यक्त गरेका छन्।

आन्दोलनलाई केवल राजा सम्बन्धी नभई वर्तमान सरकारप्रति जनताको असन्तुष्टिको रूपमा हेरिनु पर्ने उनको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics