+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकका कर्मचारी र ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशतसम्म छुट

पालिका लाइभ
२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं– एनएमबी बैंकका कर्मचारी र ग्राहकले हिल्टन काठमाडौंमा छुट पाउने भएका छन्।

बैंकले हिल्टनसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ।

सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले हिल्टन काठमाडौंमा बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउने छन्।

यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय-समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू ल्याउँदै आएको जनाएको छ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू एनएमबी बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ