+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा

पालिका लाइभ
२०८२ जेष्ठ १५, बिहीबार १८:५३ गते

काठमाडौं– सरकारले बैंकहरुको खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गर्ने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने, ‘बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने भएको छ ।’

यसका साथै आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गरिने समेत सरकारले घोषणा गरेको छ । यस्तै, बजेटमा दोस्रो वित्तीय क्षेत्र सुधार रणनीतिक कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरिएको छ ।

समस्यामा रहेका उद्यमी तथा व्यवसायीहरूको कर्जाको पुनर्तालिकीकरण र थप पूँजी प्रवाह र व्याज जरिवानामा सहुलियत प्रदान गरिने भएको छ ।

डिजिटल बैंकलाई प्रोत्साहन गर्दै शाखारहित बैंकिङ सेवा प्रदान गर्न जोड दिइने बजेटमा उल्लेख छ ।

त्यस्तै, लघुवित्त संस्थाहरूको आन्तरिक व्यवस्थापनमा सुधार गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics