काठमाडौं- सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिएका हुन्। नयाँ बजेटमा तलब भने बढाइएन।
‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरुप तलब बृद्धि गर्न सम्भव भएन’, पौडेलले भने, ‘तथापि, सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागूहुनेगरी मंहगी भत्ता बृद्धि गरी मासिक रु पाँच हजार पुर्याएको छु।’
यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।
प्रतिक्रिया