काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिषामा विवादित गृह मन्त्री रमेश लेखकको राजीनामा माग्ने भएको छ।
जसका लागि अहिले १० बजे पार्टी संसदीय दलको बैठक बोलाएको छ ।
सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न लागेको बेला माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज गृहमन्त्री लेखकको राजीनामा माग्ने भएको हो ।
मंगलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए। सो बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल उनले उनले बताएका छन् ।
राप्रपाले यही जेठ १५ गतेदेखि राजसंस्था पुनस्र्थापनाको लागि भन्दै अनिश्चितकालीन आन्दोलन पनि घोषणा गरेको छ।
प्रतिक्रिया