काठमाडौं– सुन प्रति तोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।
गत शुक्रबारका तुलनामा १ हजार ४ सय रुपैयाँ बढेर आइतबारका लागि कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिनका तुलनामा गत शुक्रबार तोलामा १ हजार १ सय घटेर कारोबार मूल्य निर्धारण भएको थियो।
शुक्रबार तोलाको १ लाख ९० हजार ४ सय थियो भने बिहीबार १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो। बुधबारका तुलनामा बिहीबार तोलामा १ हजार ७ सय रुपैयाँ बढेको थियो।
चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा स्थिर छ।
गत बिहीबारका तुलनामा तोलामा २० रुपैयाँ घटेर शुक्रबार उक्त मूल्य निर्धारण भएको हो। बिहीबार तोलाको २ हजार २५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो भएको छ।
शुक्रबार प्रतिऔंस ३३१४.११ डलरले कारोबार भएको सुन आइतबार ३३५७.४ डलर पुगेको छ।
चाँदी प्रतिऔंस ३३.१८ डलरबाट बढेर ३३.४९ डलर भएको छ।
प्रतिक्रिया