+
Search

ताजा अपडेट +

पपुलर +

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाअध्यक्षहरुको भेला आजदेखि, ओलीले उद्घाटन गर्दै

फाइल तस्बिर
पालिका लाइभ
२०८२ जेष्ठ ११, आईतवार ०९:१९ गते

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्नेछन्।

एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाध्यक्षहरूको भेला बोलाएको हो ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाध्यक्षहरू सहभागी हुने छन् ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रूपमा वडाध्यक्षहरूसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्र तहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।

बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरू संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरूको भेला बोलाइएको हो ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरू सहभागी हुनेछन् । भेला आज र भोली सञ्चालन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics