काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् ।
लामिछाने सहित पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आदेश लेखन जारी छ ।
शुक्रबार दिउँसो खाजा समयअघि अघि नै सुनुवाइ सकिएकामा न्यायाधीशहरु अन्य सबै मुद्दा स्थगित गरेर आदेश लेखन जुटेका थिए ।
लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् ।
लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।
उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
प्रतिक्रिया