+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८२ जेष्ठ ९, शुक्रबार १०:५९ गते

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics