+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंकबाट अन्य बैंकका ग्राहकले टेलर क्यूआर मार्फत पैसा झिक्न सक्ने

पालिका लाइभ
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं– मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ ।

यस सेवा अन्तर्गत ग्राहकले कुनै पनि बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाको सुरुवातबाट ग्राहकले परम्परागत रूपमा चेक तथा एटीएम प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यता कम गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् ।

यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढंगा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरु गरी निकट भविष्यमा देशभरिकै शाखामा विस्तार गरिने बैकले जनाएको छ ।

बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ