काठमाडौं– समावेशी र मूल्य–आधारित बैङ्किङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले एनएमबी बैंक र एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालबीच सम्झौता भएको छ ।
मंगलबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता स्वरूप सम्झौता गरिएको एनएमबी बैंकले जनाएको छ ।
एनएमबी बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो ।
चार्टर्ड एकाउन्टेन्ट्सका सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट,सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रिन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
एनएमबीको प्राथमिक बैङ्किङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ ।
एनएमबी बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरूलाई पहुँचयोग्य तथा दिगो बैङ्किङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब भएको बैंकको भनाई छ ।
हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया