+
Search

ताजा अपडेट +

पपुलर +

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकको नयाँ शाखा सञ्चालनमा

पालिका लाइभ
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं– ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंकले स्याङजाको विरुवा र अर्जुनचौपारीमा नयाँ शाखा विस्तार गरेको छ ।

बुधबार उक्त दुई स्थानमा नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीकाका अध्यक्षसूर्य बहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ