+
Search

ताजा अपडेट +

पपुलर +

गोविन्द घिमिरेले सम्हाले एनएमबी बैंकको सीईओ पद

पालिका लाइभ
२०८२ बैशाख १०, बुधबार

काठमाडौं– एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका गोविन्द घिमिरेले बुधबारेदेखि कार्यभार सम्हालेका छन् ।

तीन दशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी विगत १६ वर्षदेखि एनएमबी बैंकमा आबद्ध छन् । बैंकको विभिन्न विभाग तथा शाखा समेतको नेतृत्व गर्दै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका उनी यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा उनले योगदान पुर्‍याएका छन् । नव नियुक्त सीईओ घिमिरेले कार्यभार सम्हाल्दै बैंकलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

‘मेरो प्राथमिकता नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित हुनेछ, जसले बैंकलाई अझ प्रभावशाली र अर्थपूर्ण बनाउनेछ’ उनले भने ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौँ ।’

साथै, आजैका मितिबाट लागु हुने गरी बैंकका हालका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ