गोरखा– प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डेन होटल प्रा.लिबीच व्यावसायिक साझेदारीको लागि सम्झौता भएको छ।
यही २ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
गोरखा गार्डेन होटलका अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेड गण्डकीका प्रमुख प्रदेश अधिकृत राजु रानाले समझदारी ज्ञापन पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डेन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
गोरखाको मुटुमा अवस्थित गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ।
प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डेन होटलबीच भएको यो साझेदारीले गोरखाको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुनेछन्।
प्रतिक्रिया