काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् ।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन बोलाइएको सरकारको भनाइ छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वैशाख १२ गते शुक्रबारका दिन संसद्को बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।
यो अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।
प्रतिक्रिया