+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकहरूको आन्दोलन जारी, विद्यार्थी भर्ना अभियान प्रभावित

पालिका लाइभ
२०८२ बैशाख २, मंगलवार २१:०३ गते

काठमाडौं– विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरूले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रूपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरू यतिबेला शैक्षिक हडताल घोषणा गरेर काठमाडौंका सडकमा छन् ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन २०८१ को चैत २० गतेदेखि जारी छ ।

शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शिक्षकहरूको आन्दोलनले सवारी आवागमन अस्तव्यस्त बनेको छ र सर्वसाधारणलाई सास्ती भएको छ ।

शिक्षकहरू प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरू खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ ।

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ