+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य तोलामा १ लाख ८६ हजार पुग्यो, चाँदीको कति ?

पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार ११:१७ गते

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।

आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रवार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।

महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रवार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ