+
Search

ताजा अपडेट +

पपुलर +

पन्जाबमाथि हैदराबादको ऐतिहासिक जित, अभिषेक शर्माको विस्फोटक शतक

Abhishek Sharma of Sunrisers Hyderabad greeted by Glenn Maxwell of Punjab Kings and Shreyas Iyer of Punjab Kings during match 27 of the Indian Premier League season 18 (IPL 2025) between Sunrisers Hyderabad and Punjab Kings held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 12th April 2025 Photo by Faheem Hussain / Sportzpics for IPL
पालिका लाइभ
२०८१ चैत्र ३१, आईतवार १०:१९ गते

काठमाडौं– ओपनर अभिषेक शर्माको शानदार शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

शनिवार भएको दोस्रो खेलमा पञ्जाब किङ्समाथि ८ विकेटको जित दर्ता गर्दै हैदराबादले ६ खेलमा दोस्रो जित निकालेको हो । पञ्जाबले दिएको २४६ रनको विशाल लक्ष्य हैदराबादले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अभिषेकले आक्रामक ब्याटिङ गर्दै ५५ बलमा १४ चौका र १० छक्कासहित १४१ रन बनाए । उनले ४० बलमै शतक पूरा गरेका थिए । अर्का ‌ओपनर ट्राभिस हेडले ६६ रन बनाए । यी दुई मिलेर पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।

अभिषेकले चौथो ओभरमै जीवनदान पाएका थिए । चौथो बलमा यश ठाकुरको बलमा क्याच आउट भए पनि उक्त बल नो बल भएको थियो । त्यसपछि उनले थप आक्रमण सुरु गरे । उनी अन्य केही बलमा पनि भाग्यमानी साबित भइरहेका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनाएको थियो । कप्तान श्रेयस अय्यरले सर्वाधिक ८२ रन बनाए । प्रभसिमरन सिंहले ४२ रन बनाउँदा मार्कस स्टोइनिस ३४ रनमा अविजित रहे ।

हैदराबादका हर्शल पटेलले ४ विकेट लिए भने इशान मलिंगाले २ विकेट लिए ।

यस जितपछि ६ खेलमा ४ अंक भएको हैदराबाद अंकतालिकामा आठौँ स्थानमा उक्लिएको छ भने ५ खेलमा ६ अंक भएको पञ्जाब छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ