+
Search

ताजा अपडेट +

पपुलर +

सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : शेरबहादुर देउवा (भिडिओ)

पालिका लाइभ
२०८१ चैत्र ३०, शनिबार १४:१८ गते

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित बिपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७ औँ वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठुलो बदनामी भइरहेको भन्दै यस्तो अवस्थामा स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठुलाे बद्नामि भइरहेको छ, यस्तो हुनु हुदैँन् । बिपि कोइराला जस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’

सोही कार्यक्रममा बिपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एवं काङ्ग्रेसका नेता उमेशजंग रायमाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगी नगर्ने बताए ।

उनले भने, ‘केही कमी कमजोरीहरू भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन यो स्वास्थ्य सेवा दिने बिपीको नाममा स्थापना भएको संस्था हो । एक पैसा खाने छैन र खान दिन छैन ।’

बिपि कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ ।

उनले भने, ‘वीपि कोइरालाको नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निशूल्क सेवा गर्ने निर्णय गरेका छौ । कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौ । कुनै पनि बिरामी हाम्रो अस्पताल आएपछि पैसा नभएका कारण बिना उपचार फर्किदैँन् । यही भावना लिएर हामी सातै प्रदेशमा जान लागेका छौ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ