काठमाडौं– नेपाल आयल निगम लिमिटेडले ९ अर्ब ५५ करोड नाफा कमाएको छ । ४३औँ वार्षिक साधारण सभामा निगमले नाफा सार्वजनिक गरेको हो ।
निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो भने ३ खर्ब ६४ अर्ब ५२ करोड बरावरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो।
उक्त आर्थिक वर्ष २०८०/८१ मा निगमले ९ अर्ब ५५ करोड नाफा कमाएको छ ।
अहिले निगमलाई ग्यास बिक्री गर्दा घाटा रहे पनि त्यो घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट उठाइरहेको छ ।
प्रतिक्रिया