+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अनुमति

पालिका लाइभ
२०८१ चैत्र २९, शुक्रबार १५:२८ गते

काठमाडौं– राजावादीहरूले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइएको छ ।

प्रसाईँका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ  । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रवार काठमाडौं ल्याइएको हो ।

भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पुर्‍याइएको थियो ।

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँ भारतको आसाम पुगेका थिए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको हो । उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ