काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज (शुक्रबार) सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया