+
Search

ताजा अपडेट +

पपुलर +

निजी क्षेत्र र सरकारबीचको सहकार्यले अर्थतन्त्र अघि बढ्छ : प्रधानमन्त्री ओली

पालिका लाइभ
२०८१ चैत्र २८, बिहीबार १६:०२ गते

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ । आत्मविश्वासका साथ लागेको छ । देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ । यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ । सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ, देश विकास गर्न सक्छौँ । स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेन्डा हो । अस्थिरताको अन्त्य, गतिशील स्थिरता, गतिशील स्थायित्व, सरकारको विश्वसनीयता र नीतिहरू छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरू पनि उसले उच्चारण पनि गर्न हुँदैन भन्ने मानसिकता राख्ने, नीतिगत अस्थिरता जस्ता कुराहरूको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र स्थायित्वको जस्ता कुराहरूका साथ अगाडि बढ्नका निम्ति नै सरकार बनेको हो ।’

अहिलेको देशमा भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिबद्ध रहेको बताए ।

उनले जनतालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ