+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बारमा कांग्रेस एमालेका प्यानलै विजयी, अबको नेतृत्व विजय मिश्र

पालिका लाइभ
२०८१ चैत्र २८, बिहीबार १५:२१ गते

काठमाडौं– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारको छ।

सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका मिश्रको प्यानलै निर्वाचित भएको हो ।

गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहीबार सम्पन्न भए पछि वरिष्ठ अधिवक्ता मिश्रले प्रतिस्पर्धी उम्मेदवार भन्दा २ हजार ४३१ मत बढीसहित ५ हजार ५२ मतसहित विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता २ हजार ६२१ मतमा सीमित हुन पुगेका छन्।

त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सीमित भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ