+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्यमा एकैदिन ५७०० बढोत्तरी, तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ पुग्यो

पालिका लाइभ
२०८१ चैत्र २८, बिहीबार ११:१७ गते

काठमाडौं– आज सुनचाँदीको दुवैको भाउ बढेको छ । साताको पाँचौँ दिन अर्थात बिहीबार सुन तोलाको नै ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार हुने भएको छ ।

बुधवार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको भोलीपल्ट अत्यधिक मात्राले बढेको हो ।

आज चाँदी तोलाको पनि भाउ बढेर १९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ