+
Search

ताजा अपडेट +

पपुलर +

ताराखोला गाउँपालिका- ३ का वडाध्यक्ष मृत फेला

पालिका लाइभ
२०८१ चैत्र २७, बुधबार १५:१५ गते

बागलुङ– ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।

काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको बागलुङका डीएसपी विजय यादवले जानकारी दिए ।

वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भैरहेको यादवले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ