काठमाडौं– पछिल्लो ४ दिन झन्डै ७ हजार रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने पनि बढेको छ । आज चाँदी एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ५० हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ७३ रुपैयाँ कायम भएको छ ।
शुक्रवार प्रतितोला ३ हजार ९ सय, आइतबार प्रतितोला १ हजार ९ सय, सोमबार प्रतितोला ७ सय रुपैयाँ र आज मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
तथ्यांक अनुसार पछिल्लो ४ दिनमा सुनको मूल्य ६ हजार ८ सय रुपैयाँले घटेको हो ।
प्रतिक्रिया