+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

पालिका लाइभ
२०८१ चैत्र २७, बुधबार ११:२७ गते

जाजरकोट– जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष वीरेन्द्र बहादुर शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् ।

मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षति भएको प्रहरीले जनाएको छ ।

तोडफोडबाट दुई थान कम्प्युटर फुटको प्रहरीले बताएको छ । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभाबी गरे पनि उनको भिडियो समाचार सञ्जालमा सार्वजनिक भएको थियो ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाही समेत मदिरा सेवन गरेर कार्यालयमा आउने गरेको आरोप लागेको छ ।

मदिरा सेवन गरेर तोडफोडमा उत्रिएका शाहीले गाउँपालिकाका अध्यक्षले आफूलाई तोडफोड गर्न लगाएको बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ