+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्र बैंकका मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न मिल्दैन: अर्थमन्त्री पौडेल

पालिका लाइभ
२०८१ चैत्र २६, मंगलवार १०:४४ गते

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्।

मंगलबार नाडा अटो डाईलग २०८१ लाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लोन टु भ्यालु रेसियोमा ६० वा ८० को व्यवस्था राष्ट्र बैंकसँग छलफल गरी समाधान गर्न नाडालाई आग्रह गरे।

हालको व्यवस्था, संशोधन तथा थप गर्ने विषय र त्यसको परिणाम स्पष्ट हुने गरी सुझाव दिन पनि पौडेलले आग्रह गरेका छन्।

पछिल्लो समयमा ६ लेन र ४ लेनका सडक पूर्वाधार निर्माण गरिरहेको बताउँदै उनले व्यवसायीले कस्ता पूर्वाधारलाई प्राथमिकता दिने भन्नेमासमेत सुझाव दिनुपर्ने बताए।

कार्यक्रममा श्रममन्त्री शरदसिंह भण्डारीले गाडीमा भन्सार कर बढाएर मात्रै नभएर अटो मोविलिटीको समग्र क्षेत्र हेरी नीति तय गर्नु पर्नेमा जोड दिए।

नाडा अटोमोबाईल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सरकारले पूर्वाधारमा विगतको तुलनामा बढी जोड दिए पनि नेपालका लागि अझै अपुग रहेको बताए।

नेपालमा एसोसेरिजबाट सुरु भएर चारपांग्रे गाडीका उद्योग स्थापना भएका छन्।

उनले नेपाल सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाँप हुँदा गाडी आयातमा कढाई गरेको स्मरण गर्दै अहिले सहज अवस्था हुँदा पनि गाडी आयातलाई खुकुलो बनाउन नसकिएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ