+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकका ग्राहकले दराजबाट सामान किन्दा १५ प्रतिशत छुट पाउने

पालिका लाइभ
२०८१ चैत्र २४, आईतवार

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र दराजबीच सम्झौता भएको छ ।

नयाँ वर्ष २०८२ मध्यनजर गरी गरिमा विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।

यस छुट योजना अन्तर्गत बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले दराजको वेबसाइट वा मोबाइल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ७ सय ५० रुपैयाँसम्म र डेबिट कार्ड होल्डर ग्राहकले १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।

छुट योजना २२ देखि ३१ चैतसम्म लागु हुनेछ । बैंकका कार्ड होल्डर ग्राहकले यस योजना सुरु भएपछि दराजको वेबसाइट वा मोबाइल एपमा उपलब्ध हुने गरिमा विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ