काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।
आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् ।
‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरबार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्ने खालको स्थिति छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधारण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने ।
उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनिएर आए पनि हामी जनताको प्रतिनिधित्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लबिङ, पार्टीगत सेटिङ भन्दा माथि उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भइरहेको छ ।’
उनले सरकारले जनप्रतिनिधि र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए ।
भिडिओ
प्रतिक्रिया