+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिगामीले टाउको उठाउनुको मुख्य जड ओली सरकार हो: प्रचण्ड

पालिका लाइभ
२०८१ चैत्र २४, आईतवार १७:१७ गते

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका हुन् ।

‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण कांग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भए पनि जोगाउने, अन्यका जतिसुकै राम्रो भए पनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ । हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरूले षड्यन्त्रपूर्वक हटाए । असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी काम गरे त्यसले जनतामा निकै आक्रोश छ’, उनले भने ।

प्रचण्डले माओवादी पनि बेलाबेला प्रतिक्रियावादीको ट्र्यापमा परे पनि मुद्दा नछोडेको जिकिर गरे ।

उनले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै उनले प्रतिक्रियावादीलाई ठुलो धक्का दिने गरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ