+
Search

ताजा अपडेट +

पपुलर +

दुई दिनमै ६ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८१ चैत्र २४, आईतवार ११:३७ गते

काठमाडौं– पछिल्लो २ दिनमा सुनको मूल्य झन्डै ६ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार गत शुक्रवार र आइतबार गरी २ दिनको अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले घटेको हो ।

गत शुक्रवार प्रतितोला ३ हजार ९ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबारसमेत प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्याे ।

रेकर्ड ब्रेक गरेर सुनको मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रवार सुन तोलामा एक लाख ७६ हजार ४ सय रुपैयाँका कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ७० रुपैयाँले घटेको छ ।

आज चाँदी एक हजार ८ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रवार चाँदी एक हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४९ हजार ६ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ५ सय ४३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ