काठमाडौं– नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित १७ औँ कर्पोरेट बिजनेस अवाड्रस २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इअर २०२५’ अवार्डबाट सम्मान गरिएको छ ।
यस अवार्डका लागि मनोनीत लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका छन् ।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरु, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्यहरू, अटोमेसन र डिजिटल ट्रान्स्फरमेसनको क्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कार्यक्रमहरू जस्ता मापदण्डहरूलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
कम्पनीको कार्य कुशलता, प्रभावकारिता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इअर २०२५’ बाट सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएकामा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू,सम्पूर्ण कर्मचारी वर्ग, अभिकर्ता वर्ग, नियामक निकाय, शेयर धनी तथा नेपाल लाइफसँग आबद्ध समस्त मूल्यवान ग्राहकहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरे ।
प्रतिक्रिया