भैरहवा– शनिवार र आइतबार सार्वजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहने भएका छन् ।
प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार शनिवार र आइतबार सार्वजनिक बिदा भएकोले सोमवारसम्म प्रहरी हिरासतमा रहने भएका हुन् ।
‘दुई दिन सार्वजनिक बिदा भएकाले सोमवारसम्म उहाँ प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बित्तिकै पहिला अदालत पेस गरेर मात्रै अनि कारागार पठाउने छौँ’, उनले भने ।
याे पनि,
रविलाई भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने
सहकारीको रकम अपचलनकै कसुरमा यसअघि पक्राउ गरेर पुर्पक्षमा कारागारमै रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई ब्लक नं. २ मा राखिएको छ ।
सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।
प्रतिक्रिया