+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गम गाउँमा स्वास्थ्य शिविर, ६ सय ६९ जनाको स्वास्थ्य परीक्षण

पालिका लाइभ
२०८१ चैत्र २३, शनिबार ०८:३१ गते

सुर्खेत– कालिकोट जिल्लाको महाबै गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

बिहीबार र शुक्रवार सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालिकोट, महावै गाउँपालिका स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा जिल्ला अस्पतालका प्रमुख डा. भीष्मप्रसाद पोख्रेलसहितको स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा मातृ स्वास्थ्य, बालरोग, सामान्य शल्यक्रिया, परिवार नियोजन र निन्दात्मक सेवा लगायतका विविध स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

‘गाउँका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सकुन् भनेर शिविर सञ्चालन गरिएको हो’ उनले भने, ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ