+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकको खुद नाफा २ अर्ब २४ करोड

पालिका लाइभ
२०८१ पुष २६, शुक्रबार ०९:०५ गते

काठमाडौं-  एनएमबी बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा बिहीबार त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा सो कार्यक्रम समपन्न भएको हो।

सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका बैकले जनाएको छ।

बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा २ अर्ब २४ करोड, निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ।

बैंकले हाल देशभरी २०१ शखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics