+
Search

ताजा अपडेट +

पपुलर +

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

पालिका लाइभ
२०८१ पुष १८, बिहीबार ११:१४ गते

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

बुधवार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नयाँ वर्ष सुरु भएसँगै सुनको मूल्य लगातार बढिरहेको छ। बिहीबार पनि सुन बढेर प्रति औंस २६३४.२३ डलर पुगेको छ। चाँदी प्रति औंस २९.३५ डलरमा छ।

बुधबार सुन प्रति औंस २६२४.४९ डलर र चाँदी प्रति औंस २८.८४ डलर थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ