काठमाडौं– प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्न स्वचालित काउन्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ।
काउन्टरमार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न कियोस्क मेसिनको माध्यमबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लियरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न सकिने सेवाहरु ग्राहक आफैँले गर्न सक्नेछन्।
सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउन्टरमा लाइन लागी बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ।
हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकताअनुसार अन्य स्थानमा समेत विस्तार गरिने बैंकको भनाइ छ।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरू छन् ।
‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
प्रतिक्रिया