+
Search

ताजा अपडेट +

पपुलर +

‘बिचौलिया र दलालसँग साँठगाँठ गरी ओलीले सुशासन ल्याउन खोजेको पत्याइदिनुपर्ने ?’

पालिका लाइभ
२०८१ पुष १७, बुधबार १५:५५ गते

काठमाडौं– एमालेले कारबाही गरेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष एवं प्रभानमन्त्री केपी शर्मा ओलीको साँठगाँठ अनैतिक, बिचौलिया र दलालहरूसँग रहेको आरोप लगाएका छन् ।

बुधवार आगामी राजनीतिक कदमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो ४९ वर्षको पार्टी सदस्यता खोसेर ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने, पार्टीले प्रतिक्रियावादी र देशद्रोही भनिएका भ्रष्ट, अनैतिक, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरी केपी ओलीले देशमा के सुशासन र समाजवाद ल्याउन खोजेको भनेर पत्याइदिनुपर्ने हो र ?’

उनले आफू आफ्नै कारणले पार्टीबाट नबाहिरिएको पनि प्रस्ट पारेका छन् । उनले भनेका छन्, ‘पत्रमा आफ्नै कारणले कार्यकारी भूमिकाबाट बाहिरिएको आरोप लगाइएको रहेछ । के जिम्मेवारीबारे तपाईँ अध्यक्ष केपी शर्मा ओली लगायत कसैले छलफल गरेको थियो?’

उनले महाधिवेशनपछि आफूसँग अध्यक्षलगायत कसैले पनि छलफल नै नगरेको बताएका छन् ।

उनले ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारका ठुला काण्डका ठुला भ्रष्टाचारीलाई बचाउन लागेको समेत आरोप लगाए ।

ओलीले निरङ्कुश बन्दै स्वेच्छाकारी ढंगबाट पार्टी चलाएको आरोप लगाउँदै उनले प्रश्नहरूको जवाफ दिनुपर्ने बताए ।

अन्यथा २०८४ को चुनावमा एमाले पतन हुने दाबी पनि उनले गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics