+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमले गर्‍यो एक्सेस कोड १४२४ प्रयोग गरेर हुने कल महसुलमा परिमार्जन

पालिका लाइभ
२०८१ पुष १७, बुधबार १५:०० गते

काठमाडौं– नेपाल टेलिकमले एक्सेस कोड १४२४ को प्रयोग गरेर भारतमा सस्तो दरमा गरिने कलको महसुल दर परिमार्जन गरेको छ ।

भारतमा सस्तो दरमा कल गर्न सकिने विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने कलको नयाँ महसुल दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

१५ पुसको राति १२ बजेदेखि लागु हुनेगरी कर बाहेक प्रति मिनेट ३ रुपैयाँ ७६ पैसा महसुल तोकिएको कम्पनीले जनाएको छ ।

यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics