काठमाडौं- देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ ।
काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएकाे छ।
प्राविधिक कारण देखाउँदै स्थानीय तहका वेबसाइट नचलेको हो । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरूको वेबसाइटमा यस्तो भनिएको छ ।
यता, नगरपालिका र उपमहानगर तथा महानगरको वेबसाइटमा कुनै सूचनाविनै डाउन छ।
केही पालिकाको आजबाट नचलेको भने केहीको हिजैदेखि वेबसाइट डाउन छ। वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।
पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरूमा लगातार समस्या आइरहेको छ।