+
Search

ताजा अपडेट +

पपुलर +

ज्योतिषी भवेश दक्षिण एसियाली महासंघकाे केन्द्रीय सदस्यमा मनोनीत

पालिका लाइभ
२०८१ पुष ६, शनिबार १२:०९ गते

पोखरा– गण्डकी प्रदेशका ज्योतिष महासंघ कार्यकारी कोषाध्यक्ष ज्योतिषी भवेश भट्टराई दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति दक्षिण महासंघकाे केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

काठमाडौंमा सम्पन्न भएको एक कार्यक्रममा ज्योतिषी भट्टराई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् ।

म्याग्दीको मालिक गाउँपालिका-७, बिम अर्कलामा जन्मिएका उनी आफ्नो कर्मथलो पोखरामा बनाउँदै आएका छन् । विगत ८ वर्षदेखि ज्योतिष वास्तु परामर्श, ज्योतिष वास्तु गर्दै आएका छन् ।

पोखराको विन्ध्यवासिनी मन्दिरका चर्चित ज्योतिषी तथा वास्तुविद् भबेश भट्टराई शास्त्री पशुपतिनाथ अवार्डबाट सम्मानित भएका थिए।

विन्ध्यवासिनीमा रहेर संस्कृत, ज्योतिष विषयमा भने पार्वती जन्म भूमि ज्योतिषका खानी पुन्यभुमि पाङमा रहेर निकै अनुभव गुरुहरूको सामीप्यमा रहेर अध्ययन अनुभव र अनुसन्धान गर्दै ज्योतिष वास्तु सेवा प्रदान गर्दै आएका छन् । उनले अनलाइन मार्फत विश्वभर रहेका नेपालीहरूलाई सेवा परामर्श पनि दिइरहेका छन् ।

सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय बनारसबाट अध्ययन गरेका ज्योतिषी तथा वास्तु शास्त्री भवेश विगत १३ वर्ष देखि ज्योतिष वास्तु र रत्नको विषयमा अध्ययन (अनुसन्धान) गर्दै आएका छन् । अझ पछिल्लो समय फेस (अनुहार) रिङिडको माध्यमबाट पनि ज्योतिषमय परामर्श दिँदै आएका छन् ।

ज्योतिष भट्टराई युवा देखि वृद्धसमेत सबैले अत्यधिक रुचाएको व्यक्ति हुन।

उनले ज्योतिषी क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप सन् २०१८ देखि २०२४ सम्म गोल मेडलबाट समेत विभूषित समेत भएका छन्। उनी पोखराको मुटु बिन्ध्यबासिनि मन्दिरबाट ज्योतिष सेवा दिँदै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics