काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा रमाउने जमात देखिएको बताएका छन्।
शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा उनले लोडसेडिङ हुँदा रमाउने जमात अहिले रमाइरहेको बताएका हुन्।
‘उक्त जमातले नै लोडसेडिङको हल्ला फैलाएका हुन्,’ उनले भने।
उनले अहिले लोडसेडिङ नभएको भन्दै आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए। उनले माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै लोडसेडिङ समस्या समाधान हुने दाबी गरे।
भिडिओ
व्यस्त समयमा केहि मात्रै उद्ययोगको लाईन काटिएको जिकिर गर्दै त्यसबाट नागरिकलाई बिजुली आपूर्तिमा सहजता भएको बताए। उनले व्यस्त समयमै विद्युत काट्यो भनेर उद्योगीहरुले बखेडा झिकेको आरोप लगाए।
‘तामाकोशी १० दिनमा जोडिएपछि त्यो समस्या पनि हराउँछ,’ कुलमानको दाबी छ।
उनले भने, ‘नेपालको पूवाधार क्षेत्रमा ठुला ठुला विकासका परियोजनाहरुको काम भइरहेको छ। बत्ति र बाटोको विकास भएको छ। जुन हाम्रो ठुलो पूर्वाधारको विकासको अधार हो। नेपालको विद्युत क्षेत्रको ठुलो विकास हुनेवाला छ। यसका लागि ठुलो लगानी आवश्यक रहेको छ। हाम्रा ठुला परियोजनहरुका लागि वैदेशिक लगानी चहिन्छ। लोडसेडिङले उद्योगीहरुको प्रोडक्टीभिटीमा कमी आएको कुरा आएको छ।’
उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको आरोपसमेत लगाएका छन्। उनले दुई-चार घण्टा बत्ति कम आयो भन्दैमा सिमेन्टको मूल्य बढाउन नपाइने बताएका छन्।
‘२४ सै घण्टा लाइन दिँदा पनि ८ घण्टा भन्दा बढी उद्योग चल्ने अवस्था छैन,’ उनको भनाइ थियो।