काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले निर्माण व्यवसायीलाई ३ अर्ब रुपैयाँभन्दा भुक्तानी दिन बाँकी नरहेको बताएका छन्।
मन्त्री दाहालले शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह उपस्थित कार्यक्रममा सरकारले व्यवसायीको बक्यौता निरन्तर भुक्तानी गरिरहेको र अब ३ अर्ब मात्र बाँकी रहेको बताए।
उनले बाँकी रकम पनि केही दिनमै भुक्तानी दिइसक्ने बताए।
भिडिओ
नेपाल पूर्वाधार पत्रकार समाजले गरेको कार्यक्रममा स्थानीय आवश्यकताभन्दा पहुँचका आधारमा विकास आयोजना छनोटका कारण काममा प्रगति हुन नसकेको बताए।
‘अहिलेसम्माम हामीले पहुँचका आधारमा माथिल्लो तहबाटै योजना छनोट गर्ने गरेका छौं। यसले काम हुन सकेन। त्यसैले अब तलबाट योजना छनोट गर्ने विधि आवश्यक छ,’ उनले भने, ‘योजना छनोटमा सुधार आवश्यक छ।’
उनले प्राथमिमकताका आधारमा छनोट गरेर काम गरे मात्र निर्माण क्षेत्रमा समस्यामा कमी आउने बताए। ‘योजना छनोटमा सरकारकै कमजोरी छ। आयोजना बैंकलाई बेवास्ता गर्ने काम भइरहेको छ,’ उनले भने, ‘प्राथमिकताका आधारमा आयोजना छनोट गर्न जरुरी छ। आयोजना मुलुकलाई प्रतिफल दिने खालका, उत्पादन र उत्पादकत्वमा योगदान दिने हुनुपर्छ।’
मन्त्री दाहालले निर्माण व्यवसायीसँग छलफल गरेर रुग्ण आयोजनाको विषयलाई टुङ्गोमा पुर्याउने बताए।