काठमाडौं- सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले संसद् विघटनको निर्णयलाई बदर गरिदिएपछि नेपालको न्यायालय स्वतन्त्र, निष्पक्ष र तटस्थ छ भन्ने पुष्टि भएको बताएकी छिन्।
‘संसद विघटनमा न्यायालयले खेलेको भूमिकाले देशलाई कानुनको शासनसम्बन्धी सूचकमा दक्षिण एसियामै पहिलो नम्बरमा पुऱ्यायो,’
शुक्रबार न्यायाधीश समाजको कार्यक्रममा मल्ले भनिन्, ‘संसद् विघटनको निर्णय उल्टाएपछि हाम्रो न्यायालय कति स्वतन्त्र, निष्पक्ष र तटस्थ छ भन्ने पुष्टि भयो।’
न्यायाधीश सरकारसँग नडराएको तर मिडिया ट्रायलका कारण भने डराएको उनको भनाइ छ। ‘न्यायाधीश सरकारसँग डराएका छैनन् तर मिडिया ट्रायलका कारण न्यायाधीश डराए,’ मल्लले भनिन्, ‘यो न्यायालयमाथिको प्रभाव हो। यस्तो कुरा सह्य हुँदैन।’
उनले न्यायमा सबैको पहुँच हुनुपर्नेमा पनि जोड दिइन्।