काठामाडौं– स्पेनिस क्लब रियल म्याड्रिडले अन्तर महादेशीय कपको उपाधि जितेको छ । बुधवार राती भएको खेलमा मेक्सिकोको पाचुकालाई ३-० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
कतारको दोहामा भएको खेलमा रियलको लागि केलियन एमबापेले खेलको ३७ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाए ।
पहिलो हाफ १-० को अग्रतामा रहेको रियलको लागि दोस्रो गोल भने रोड्रिगोले ५३ औँ मिनेटमा गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
खेलमा रियलका भिनियस जुनियरले ८४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रियललाई अन्तर महादेशीय कपको उपाधि दिलाए ।