काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजना बनाएर अगाडि बढेको बताएका छन् ।
मंगलबार निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि ठाउँ–ठाउँमा अवलोकन गरिराखेको बताए ।
उनले भने,‘उपत्यकामा खानेपानीको अभाव हुन नदिनको लागि हामीले ठाउँ–ठाउँमा अवलोकन गरिराखेको छौँ । अहिले नयाँ टेक्नोलोजीको प्रावधानको विषयमा पनि हामीले अनुगमन गरिराखेको छौँ । आउने दिनमा उपत्यकामा कुनै पनि किसिमको खानेपानीको समस्या नहोस् भनेर दीर्घकालीन रूपमा योजना बनाएर अगाडि बढेका छौँ ।’
उनले १२ महिना नै पानी उपलब्ध गराउन नयाँ अपनाएको योजना सुन्दरी जलमा थपिरहेको भन्दै निर्माण पश्चात् काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुने बताए ।
उनले भने,‘हामीले २४ औँ घण्टा १२ महिना नै पानी दिन नयाँ ट्रिट्मेन्ट योजना हामीले सुन्दरी जलमा थपिरहेको छौँ । त्यो निर्माण भइसकेपछि काठमाडौंमा २४ घण्टा नै पानी आउने सपना पूरा हुन्छ ।’